मन समस्या होइन, मनलाई कसरी लिन्छु त्यो समस्या हो । एउटा कुनै सम्बन्ध सतह बाट हेर्दा को क्षेण सार्है नै फरक परेको अनुभूति हुन्छ। सानो सानो कुरा हरुको जब ख्याल हुँदै जान्छ, सोच्नुस कि तपाईं को जीवन राम्रो तरिकाले जाँदै छ, गहिराइ मा जाँदै छ ।
मन मा त अनेक कुरा हरु को जालो छ । सधैको फोहोर येहा येसरी जम्मा हुँदै आएको छ कि मेरो चेतनाले मात्र ठाउको कमि को महसुस गरि राखेको छ । मेरो तार्किक क्षेमताले म गर्भान्भित हुने कुनै तर्क मैले देख्न सकेको छैन। प्रतेक कुरा मा फाइदा खोज्ने मेरो मन, म आफैमा परिणत भैसकेकी ।
कहिलेकाही एक्लै बसेर केलाउछु आफैलाई, ठम्याउछु म भन्दा गए गुज्रेको सोच अथवा मानवता हुन सक्दैन । सायेद यो सबै अहिलेको मेरो सोचले मात्रै निर्धारन गर्दैन सायेद। 'म' एक पल पनि एउटै छु जस्तो लाग्दिन । प्रतेक पल अर्कै लाग्छ। कसै सँग सोधे भने मात्र मलाई आशा छ सबैले कसैबाट सुनेको कुनै बनावटि जवाफ दिने प्रयास गर्नेछ, जुन अनुभव को माप्दन्डमा शून्य बराबर हुनेछ जुन उस्को बोल्ने शैली र आत्मबिश्वसनियेता मा प्रस्ट रुपमा देखिने छ।
कसैको मन येति आशाबादी हुन्छ कि, लाग्छ पहिलो जन्ममा कुनै धार्मिक ब्यक्ती नै हुनुपर्छ। मन सफा र निस्छल, मुहारमा हाँसो अनि आत्मियेता, तिम्रो जिबनमा कुनै दुख त आउनै सक्दैन, तिम्रो जीवन सँग निकट ब्यक्ती हरु पनि तिम्रो त्यो शुशक्ती को कारणले दुख दुबिधामा पर्दैनन। सधै येहि शक्ति तिम्रो सुस्म शरिरमा र त्यो हासो तिम्रो अनुहार मा छाई रहोस ।
मैले सुनेको, बर्सौ पहिला दुई जना साधु एउटा उमेर नाघेको र अर्को अधबैसे, ८ महिनाको भिक्षुण जीवन पछि बर्खा याम बिताउन कुटि मा फर्कन्छन, देख्छन , त्यो सानो झुपडी पनि हावाले छाना उडाएर, यत्र तत्र अवस्थामा । सुतेको अवस्थाम, उमेर नाघेको साधु को चेतना त्यो विशाल आकाशका तारा र तेस्को उज्यालो पन मा पुग्दछ भने अधबैसे चाइ को मन त्यो निस्ठुर भगवान प्रती जस्ले उस्कै नाम मा सबै छोडेर त्यो जीवन मा लागेकालाई अझै दुख माथी दुख दिन्छ भन्नेमा । मैले माथी उल्लेख गरेको धार्मिक शब्द, यो अर्थ मा राख्न चाह्न्छु कि, त्यो उमेर नाघेको साधुले, बिहान उठेर प्रमात्माप्रती एक्दमै खुसी हुँदै र यो शब्दमा: "हे भगवान सुत्ने बेलामा यो सारै रमाइलो र आनन्दमय दृस्य मलाइ अनुभुत गराउनको लागि किन तपाइले हावा पठाएर यो कुटिको छानो फाल्नु पर्थ्यो र मलाइ केही सन्केत गरेको भए त म आफै फाल्ने थिये नि" आफ्नो कृत्ज्ञता प्रकट गर्दछ ।
0 comentarios:
Publicar un comentario